धनगढी – धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल फुर्सदिला देखिएका छन्। विवाह र ब्रतवन्धको सिजन सुरु भएयता नगरप्रमुख हमाल फुर्सदिला बनेका हुन्। उपमहानगर स्रोतका अनुसार उनी अचेल कार्यालयमा भन्दा बढी विवाह र ब्रतवन्धतिर व्यस्त हुने गरेका छन्।
सोही अनुसार हिजो (बिहीवार) मात्रै उनले धनगढीका विभिन्न स्थानमा ४ वटा ब्रतबन्ध र २ बिहे एटेण्ड गरेको जनाएका छन्। उनले आफ्नो सामाजिक संजालमार्फत यस्तो जनाएका हुन्। नगरप्रमुख हमालले नागरिकको सेवा तथा अन्य नगरका महत्त्वपूर्ण विषयमा केन्द्रीत हुनुपर्नेमा अन्यत्र व्यस्त हुन थालेपछि सेवाग्राहीले उनिप्रति गुनासो पोख्न थालेका छन्।
Facebook Comments Box