धनगढी : कञ्चनपुरका एक युवकमाथि भारतीय एसएसबीले निर्घात कुटपिट गरेको छ ।
कञ्चनपुरको दोधारा चाँदनीस्थीत नेपाल–भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका–८ सैनिकटोलका ३५ बर्षिय नर बहादुर नेपालीमाथि कुटपिट गरेको हो ।
भारतीय बजार मेलाघाट स्थित रहेको भारतिय सिमा सुरक्षा बल पोष्ट नजिक रातीको समयमा घर फर्किदै गर्दा एसएसवीद्धारा आफु कुटिएको उनले बताएका छन्।
भारतिय सिमावर्ती बजारमा फर्कदा आफुहरुलाई ढिलो हुने विषयमा आफुले एसएसवीलाई जानकारी गराउदा समेत कुटिएको बताएका छन् ।
उनले भने, मदिराले लठ्ठ भएका नाम नखुलेको एसएसवीले आफुलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गर्दा मेरो टाउको, हात र खुट्टामा निलडाम छ ।
‘साथीहरु संग घर फर्किदा गर्दा एसएसवीले हामीलाई रोक्न भन्यो, हामीले मोटरसाईकल रोक्यौ, अनि आईडी देखा भन्दै कुटपिट गर्न थाल्यो’ उनले भने। कुटपिटमा उनले लगाएको हेल्मेटको सिसा समेत फुटेको छ ।
सिमावर्ती भारतिय बजारबाट आफन्तको उपचार गरेर फर्कने क्रममा नर बहादुर कुटिएको स्थानियहरुको भनाई छ ।
कुटपिटपछि घाईते भएका नर बहादुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।