Author: Dipak Dhamala

काठमाडौं – सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।  गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।

Read More

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने तयारी गरेको एक फ्रान्सेली अधिकारीले बताएका छन् । ‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पुर्याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए । जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई भारी हतियार उपलब्ध गराउन उत्प्रेरित गर्ने बताएका छन् ।

Read More

जुम्ला – जुम्लामा नमुना एकीकृत कार्यालयको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ। ३ वर्ष पहिलेदेखि निर्माण भइरहेको एकीकृत कार्यालयको २५ प्रतिशत काम हुन मात्रै बाँकी छ।  पर्खाल लगाउने, ढलान गर्ने र रंगरोगन लगायतका काम सकिएका छन् । झ्याल ढोका जोड्ने र अन्य फिनिसिङका कामहरू बाँकी छन्।सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्र बहादुर खड्काका अनुसार बढीमा ४ वटा कार्यालय एकै भवनमा सञ्चालन गर्ने लक्ष्यका साथ   एकीकृत कार्यालय निर्माण लागिएको हो। कार्यालय निर्माणका लागि ९ करोड ६८ लाख ७४ हजार ८ सय ४५ रुपैयाँको स्टमेट गरिएको थियो, तर निर्माण कम्पनी (डाँफे क्याराभान जेभी काठमाडौँ) सँग ७ करोड २४ लाख…

Read More

काठमाण्डाै – नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयम् उपस्थित भइ सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ्ग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले यस्ताे अनुरोध गरेको हो । त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङ्गको दुरुपयोग भइ नगद गुमाउनुपर्ने, सामाजकि सञ्जालको अनधिकृत प्रयोग भइ सुरक्षाको जोखिमलगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ । त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा…

Read More

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर प्रदूषण बढेको छ । पानी नपर्दा धुवाँधुलो बढेको छ । यसले गर्दा वायू प्रदूषण दिनहुँ बढिरहेको छ । हावाको गुणस्तर सूचक मापन एअर क्वालिटी इन्डेक्सको अघि बिहान पौने ८ बजेको डाटा अनुसार भक्तपुर, काठमाण्डौ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर छ । काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५३ रहेको छ । यस्तै, भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय ८ र धनकुटाको १ सय ६ रहेको छ । एक्यूआई सूचकाङ्क एक सयदेखि १ सय ५० सम्म पुग्नुलाई बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा १ सय ५० भन्दा माथि एक्यूआई पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया…

Read More

काठमाण्डाै – चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् । नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ। दुई घण्टाभन्दा बढी घाम नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर…

Read More

रुसले युक्रेनसँगको युद्धमा ८९ जना सैनिकले ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको दाबी गरेको छ । नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ । युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्दा विपक्षी सेनाले अवस्थिति थाहा…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी भएका छन् । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एक/एक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ । अर्को खेलमा नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित भएको छ । नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हरायो । उसका ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको…

Read More

काठमाडौं – सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।  गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।

Read More

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्। बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो। पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ।  मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए। भुसालले एमालेभित्र फरक मत राख्दै आएका थिए। माधव नेपाल एमालेबाट अलग भएपछि…

Read More