खटिमा, भारत: सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाश बहादुर देउवाले भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज समेत रहेका देउवाले बिहीबार राति खटिमा पुगेर मुख्यमन्त्री धामीसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक सहकार्य, सीमा समस्या तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। सीमावर्ती क्षेत्रका समस्यालाई समाधान गर्न संवादलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको स्रोतले जनाएको छ।
भेटघाटले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो भेटलाई क्षेत्रीय स्तरमा द्विपक्षीय सम्बन्ध सुधार गर्न पहलका रूपमा हेरिएको छ।