Author: Dipak Dhamala

नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ। ‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्। स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले महत्व राख्छ। त्यसै कडिको…

Read More

काठमाडौं – राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो। जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए। सोहीबमोजिम मन्त्रालयले त्यही दिन विज्ञप्ति जारी गरेर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई निर्देशन…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यी भूभागमा राति पनि हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ । हल्का वर्षा, हिमपात र हुस्सको सम्भावना रहेका स्थानहरूमा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन…

Read More

काठमाडौं – गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ ९बिरालो वर्ग० को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।  यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।…

Read More

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उहाँको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप…

Read More

अछाम – बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो । बिहिबार राजधानी काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो । द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स – स्वास्थ्य (the HRM Nepal Award for Corporate Excellence – Health) नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे । अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप होसल्ला मिलेको बताए । हरेक…

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।

Read More

काठमाण्डाै – मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट  निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् ।  बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् । यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।माओवादीबाट बागी उम्मेदवारी दिई विजयी भएका प्रदेश सांसद दिपेन्द्र पुन, सरुल पुन मगर, खड्ग बस्नेत भने स्वतन्त्र सासदकै हैसियतमै छ्न् । 

Read More

काठमाण्डाै – सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने भएकाले सो निर्देशिका ल्याउने कामलाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिनु भएको हो । बुधबार काठमाण्डौमा आयोजित ‘अपांगता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी व्यवस्था, अभ्यास तथा भावी योजना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उनीहरुको शिक्षामा सूचना प्रविधिको व्यवस्था गर्नुपर्ने गरी नियमावलीको समेत व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । उपसचिव मिश्रले बौद्धिक अपांगता, मानसिक अपांगता, अटिज्म, मष्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन भएका व्यक्तिको सिकाई आवश्यकतालाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक…

Read More

काठमाण्डाै – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएको थियो । प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्। परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन्।

Read More