Author: Dipak Dhamala

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् । महोत्तरी १ बाट निर्वाचित कोइरीलाई २०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेको छ । उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । कोइरी प्रहरीको फरार सूचीमा छन् । यस्तै, मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन…

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)  कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको हो । मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ / ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो । विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४…

Read More

काठमाडौं- नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो । मङ्सिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठुलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो । मङ्सिरमा स्वीकृति दिइएका मध्यै २ ओटा उत्पादनमूलक, ८ ओटा पर्यटनमूलक र ६ ओटा सेवामूलक रहेका छन् । यसैगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमा १२ ओटा पर्यटनमूलक, सेवामूलक…

Read More

काठमाडौं – ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् ।  सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्…

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।  बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो । त्यस क्रममा अध्यक्ष प्रचण्डले आलोपालोको सहमति अनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । त्यसमा देउवाले सकारात्मक जवाफ दिँदै छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् । आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् । यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।

Read More

धनगढी – कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी गरिएको छ। क्याम्पसले निर्वाचन आचारसंहिताविपरीत १५ जना शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखेर प्रमुखको कार्यकक्षमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्। कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले क्याम्पसमा देखिएका विभिन्न विसंगतीका विरुद्धमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । भट्टकाअनुसार क्याम्पसमा शिक्षक भर्नादेखि पठनपाठन लगायतमा देखिएका समस्या सामाधानको माग गर्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो । विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलनको चेतावनी समेत क्याम्पस प्रशासनलाई दिएको छ । क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र…

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ । आईपीएल इतिहासमा सर्वाधिक महँगो मूल्य सन् २०२१ मा…

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् । हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ । क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रै यो नियम लागू हुनेछ । त्रिभुवन विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको थियो ।

Read More

सुर्खेत -राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउन लागेकी छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे भण्डारी सुर्खेत आउन लागेकी हुन्। महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपतिले दिउसो १२ः३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Read More