Author: Dipak Dhamala

बंगबन्धु एसियन सेन्ट्रल जोन यु-२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो । लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो ।  दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन् । पराजित टोली कास्य पदकको लागि पून खेल्नेछन् ।

Read More

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।  ‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’  बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् । #निधन

Read More

काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौमा लागुऔषध खाएर गाडी चलाउने सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले हिजो गरेको जाँचमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सीका चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । चालकले लागुऔषध खाएर गाडी चलाए/नचलाएको बारेमा गएको साउन ९ गतेदेखि ट्राफिक प्रहरीले विशेष जाँच अभियान सुरु गरेको थियो…

Read More

काठमाण्डौ – काठमाण्डौको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।

Read More

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ ।  खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता सकिँदै छ । यदपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन् । 

Read More

बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् । प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ । सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ(आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ । त्यस्तै, प्रदेश सभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा…

Read More

काठमाडौं- भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग  निरुत्साहित  गर्ने  उद्देश्यसहित  स्थापना  गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा  आउने  भएको  छ  ।  यसअघि  असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको  यो  प्रणालीलाई  नेपाल  दूरसञ्चार  प्राधिकरणले  पूर्ण  रूपमा  सञ्चालनमा  ल्याउन  लागेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ । प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ ।

Read More

काठमाण्डाै – आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् । हरेक वर्ष डिसेम्बर २५ तारिखमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस मनाउने गरिएको छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग…

Read More

काठमाण्डाै – लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ । मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कप फुटबलको…

Read More

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस…

Read More