Author: Dipak Dhamala

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ । मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । काठमाण्डौ महानगरपालिका ४ को बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्न चाहन्छु । देशको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो देशमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास…

Read More

काठमाण्डाै – आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो । आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन अस्ति सुन तोलाको एक लाख पाँच सय रुपैयाँ र चाँदी १ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाण्डाै – प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए ।  एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको…

Read More

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् । प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । …

Read More

काठमाण्डाै – कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । अर्जेन्टिना र क्रोएसियाले एक आपसमा यसअघि २ वटा विश्वकपमा प्रतिस्पर्धा गरेकोमा दुवै टोली एक/एक खेलमा विजयी भएका छन्…

Read More

जुम्ला- जुम्लामा ठूलो क्षमताकोजलविद्युत आयोजना निर्माण हुने भएको छ । जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुन लागेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा गत बुधबार सम्पन्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले जुम्लामा जवा र तिला जलविद्युत आयोजना निर्माणलाई तत्काल अघि बढाउने निर्णय गरेको छ। जुम्लामा कर्णाली प्रदेशकै ठूलो १ सय ५० मेगावाट क्षमताको जलविद्युत निर्माण हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री तथा प्रदेश सभा सांसद नरेश भण्डारीले बताए । राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएकाले जवा र तिला जलविद्युत आयोजनाको निर्माण पश्चातमात्रै जुम्लाले पूर्णकालीन रूपमा अँध्यारोबाट…

Read More

काठमाडौं – निर्वाचन आचारसंहिता सकिएसँगै  राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो ।  आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।

Read More

काठमाण्डाै – चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ । आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै भक्तपुर, दाङको तुल्सिपुर र काठमाण्डौको हावाको गुणस्तर पनि खराब छ । भक्तपुरको मध्यपुर ठिमीमा १ सय ७३, तुल्सिपुरमा १ सय ६० र काठमाण्डौमा १ सय ५३ रहेको छ । वातावरण विभागले टोल छिमेकमा खुला रुपमा फोहोर जलाउने काम नगर्न आग्रह गर्दै आएको छ । खुला रुपमा फोहोर जलाएको पाइएमा कारबाही हुने…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ । मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य…

Read More

जाजरकोट- जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए। कर्णाली…

Read More