काठमाडौं: सर्वोच्च अदालत बार एसोसिएसनको आज भएको मतदानमा नेपाली काँग्रेस निकट संगठन डिलए र नेकपा एकीकृत समाजवादी निकट संगठन एसपीएलएको गठबन्धन अत्यधिक मतले विजयी भएको छ।
प्राप्त अन्तिम परिणाम अनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादर राउत ३४६, सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी महर्जनले ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएको जनाइएको छ।
अन्य विजयीमा महिला सदस्यमा अधिवक्ता शशि बस्नेत हुन्। त्यस्तै सदस्यहरुमा वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्रशेखर खड्कासहित अधिवक्ताहरु प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली पनि विजयी भएका छन्।