धनगढी: कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक किशोरी गम्भीर घाइते भएकी छिन्। आज(सोमबार) बिहान साढे १० बजे धनगढीको बोराडाडीमा म २ प ७४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १६ वर्षीया दिपीका बोहरा घाइते भएकी हुन्।
बैतडीकाे पाटनका २१ वर्षीय चक्र सार्कीले चलाएको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी बोहरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परेकी बोहराको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा लगिएको छ।
मोटरसाइकल चालक सार्की नेपाल प्रहरीका जवान हुन्। उनी दिपायलमा कार्यरत छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box