Author: Dipak Dhamala

जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा टानकाले गोल…

Read More

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले  १२ मतले लिड गरिरहेका छन् । पाण्डेले  ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।मंसिर ४ मा  सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । ​एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं- जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे ।  खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए । काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं…

Read More

युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ ।  बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  खेरसन र खार्किभबाट पछि हटेपछि केही हताश देखिएको रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ । रुसी भाडाका सैनिकहरु र भर्खर परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ । #युक्रेन

Read More

काठमाडौं- प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् । एमालेबाट कास्की क्षेत्र नं २ बाट नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति पौने ९ बजे सुरु हुनेछन् । यो समूहमा क्रोएसिया माथि छ । उसले बेल्जियमसँग जिते वा बराबरी गरे दोस्रो चरण सुरक्षित देखिन्छ । क्यानडालाई जिते वा बराबरी गरे मोरक्को पनि अन्तिम १६ मा पुग्न सक्छ । तर बेल्जियम क्रोएसियालाई हराएमा दोस्रो चरणमा पुग्न सक्छ । तर क्रोएसियासँग बराबर भए अर्को खेलमा क्यानडासँग मोरक्को हारेमा गोल…

Read More

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई ६ सय ५४ मतले पछि पार्नु भएको हो । कांग्रेसका गुरुङले ३ हजार ९०१ मत पाउनु भएको छ भने एमालेकी अर्यालको ३ हजार २४७ मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो । स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै…

Read More

बैतडी- बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्। मंगलबार घरबाट कपडा सिलाउन भनी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् भने नेहा पनि घाइते अवस्थामा फेला परेकी थिइन्। घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य…

Read More

दोलखा – दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र ‘क’ र ‘ख’ तथा तामाकोशी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका ‘क’ र ‘ख’ गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो । त्यस्तै, वैत्यश्वर वडा नम्बर…

Read More

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २१५ जना बिरामीको उपचार गरिएको छ। बुधबार उक्त वडाको बेली सहरी स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २१५ जना बिरामीको उपचार गरिएको हो। उपमहानगरका अनुसार क्लिनिकमा १०१ जनाले जनरल फिजिसियनबाट सेवा लिएका छन्। त्यसैगरी २८ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, ८६ जनाले आँखा रोग सम्बन्धी र २३ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको छ। क्लिनिकमा ९ जनाले अल्ट्रासाउन्ड, ८ जनाले ईसीजी र १५ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका २६ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने २० जना…

Read More