स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई ६ सय ५४ मतले पछि पार्नु भएको हो ।
कांग्रेसका गुरुङले ३ हजार ९०१ मत पाउनु भएको छ भने एमालेकी अर्यालको ३ हजार २४७ मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो ।
स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।
यस्तै, स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गर्नु भएको छ । स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
Facebook Comments Box