Author: Dipak Dhamala

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति फुरी तामाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ । मुक्ली प्रहरी चौकीबाट खटिएकाे प्रहरी र स्थानीयको सहयोगमा आज बिहान सवा तीन बजेतिर आगाे निभाइएकाे प्रहरी निरीक्षक माझीले बताउनु भयाे ।

Read More

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा शुभकामना दिँदै उहाँले नयाँ वर्षको आगमनसँगै देश राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै नागरिकका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताउनुभयो । ‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्या‍ली आयोजना गरिएको छ । र्‍यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर बिहान ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा…

Read More

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ । गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा एभर्टनका डिमराइ ग्रेले बराबरी गोल गरे । सिटी १६ खेलमा…

Read More

आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो । रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ ले यसवर्ष विश्व अर्थतन्त्रको वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको थियो । यो वर्षको अन्त्यसम्म आइपुग्दा…

Read More

काठमाण्डाै – आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । अस्ति १६ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम् तापक्रम हिजो १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज न्यूनतम् तापक्रम भने हिजोभन्दा आज धेरै छ । आज काठमाण्डौको न्यूनतम् तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिजो ४ डिग्री सेल्सियस थियो ।

Read More

काठमाण्डाै – आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य ‘विभागीय स्वीकृति’ लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो । आदेशबाट ‘आफू खुसी भेटघाट गर्ने परम्परा अन्त्य हुने’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको विश्वास छ । उनका अनुसार अब भेटघाट गर्नुपरे अनिवार्य स्वीकृति लिनुपर्ने छ । त्यस्तै, सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनका तर्फबाट सम्बन्धित…

Read More

काठमाडौं – देशमा संघीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा व्यावहारिक समस्याका कारण निर्वाचन आयोग अलमलमा देखिएको छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले माघ वा फागुनभित्र चुनाव गराउने भन्ने विषयमा आयोग अलमलमा परेको हो । आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी मिति तोकेर सरकारलाई जानकारी दिनुपर्ने कानुनी प्रावधान छ । तर आयोगले अहिलेसम्म निर्वाचन मिति तोकेको छैन । एक महिनाअघि नै चुनाव गर्नुपरे माघभित्र हुन्छ । माघभित्रै चुनाव गराएर नवनिर्वाचित राष्ट्रपतिलाई शपथ ग्रहण गराए व्यावहारिक समस्या हुने देखिएको छ । यसकारण चुनाव कतिखेर गर्ने भन्ने अन्योल भएको…

Read More

पोखरा – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियो । त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। यो मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ। झन्डै पाँच दशकअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता ठहर गर्दै जग्गा अधिग्रहण गरेर राखिएको थियो । त्यही जग्गामा बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरी पोखराले आफ्नो ‘कनेक्टिभिटी’ बढाउँदैछ। अहिलेसम्म अन्तर्राष्ट्रिय पहुँचका लागि काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भर पर्दै आएको पोखराले अब सिधै विभिन्न मुलुकसँग हवाई उडानमार्फत आफूलाई जोड्नेछ ।…

Read More