Author: Dipak Dhamala

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रदेशको प्रत्यक्षतर्फ हालसम्म ५३ सिट जितेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फ माओवादीले ८ स्थानमा विजय हासिल गरेको छ भने मधेश प्रदेशमा चार स्थानमा जितेको छ ।यस्तै बागमतीमा १४, गण्डकीमा ५, लुम्बिनी ५, कर्णालीमा ९ र सुदूरपश्मिमा ८ सिट जितेको छ । लुम्बिनी प्रदेशमा माओवादीका तीन जना बागी उम्मेदवार पनि विजयी भएका छन् ।दीपेन्द्र पुन रोल्पा १ (२), सरुल पुन रुकुमपूर्व १ (१) र खड्ग बस्नेत नवलपरासी २ (२) निर्वाचित भएका छन् । यस्तै माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार रहेको बाजुरामा मतगणना हुन सकेको छैन । प्रदेश १ मा सङ्खुवासभा (१) राजेन्द्र कार्की मोरङ २ (१) गणेशप्रसाद…

Read More

 मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा १५ जना उम्मेदवारको धरौटी जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान अनुसार १५ जनाको धरौटी जफत भएको हो। उनीहरुले कुल सदर मतको १० प्रतिशत ल्याउन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका ९ जना र प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको हो।  प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवार केशवबहादुर चन्द, राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, स्वतन्त्र उम्मेदवार मानसिंह बिष्ट, स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द, राप्रपा नेपालका हिक्मतबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह…

Read More

काठमाडौं- फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको…

Read More

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९…

Read More

काठमाडौं- अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो । 

Read More

काठमाडौं- गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)  ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ ।  नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३…

Read More

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहनेछ ।तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाडौं- सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन  समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे । कारले खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिदाए । खेलको ६७औं मिनेटमा काइकेडोल गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा कालिउडले गोल गर्दै सेनेगललाई अन्तिम १६ मा पगाए । जितसँगै सेनेगलले ३ खेलबाट ६ अंक जोडेर समूह उप–विजेता बन्यो । यसै…

Read More

काठमाण्डाै – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राेकिएकाे मतगणना सुरु भएकाे छ ।  आज मङ्गलवार बिहान बसेकाे सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएकाे हाे । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाउनुभएको छ । कार्कीले छ सय छ मत गडबड भएकाे भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना…

Read More

काठमाण्डाै – जिल्लामा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट पालिकाको एक टोली सहभागी गराइनेछ । प्रतियोगितामा विजेताले रु एक लाख २५ हजार र ट्रफी, उपविजेताले रु ७५ हजार र ट्रफी र तेस्रो हुनेले रु ३५ हजार र ट्रफी पाउनेछ ।

Read More