धनगढी: कैलाली प्रहरीका एसपीसहित ४ प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले एसपीलाई पुरस्कार दिएको हो।
प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र केसीका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्ट रहेका भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरा पुरस्कृत भएका छन्।
उनीहरू रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत भएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो।
उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा पुगाएकाले प्रहरी नियमावलीअनुसार उनीहरू पुरस्कृत भएको बताइएको छ।
धनगढीका संजिव चौधरीलाई पक्राउ गरेको थियो। त्यसपछि चौधरीको बयानका आधारमा धनगढीकै ३० वर्षीय जनक देउवालाई समेत शनिबार नै पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो। उनीहरु दुवै जनाले लागुऔषध सेवन गरेर युवतीसँग शारीरिक सम्बन्ध राखेर कुटपिट गर्दै बेहोस् भएपछि जंगलमा फालेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि प्रदेश प्रहरी कार्यालयले हाडनाताकरणीपछि युवतीको हत्या गरेको घटनाको सफल अनुसन्धान गरेको भन्दै बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीलाई समेत पुरस्कृत गरेको थियो।