Author: Dipak Dhamala

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई छ विकेटले हरायाे । नेदरल्यान्ड्सले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायाे । उसका माेहम्मद रिनवाले ४९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका ब्रान्डन ग्लाेभरले दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९१ रन बनायाे । उसका काेलिन एकरम्यानले २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खानले तीन र माेहम्मद वसिमले दुई विकेट लिए । याे पाकिस्तानको प्रतियाेगितामा पहिलाे जितमात्र हाेइन, याे अस्ट्रेलियामा पहिलाे जित पनि हाे…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो । माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै घोषणापत्रमा समाजवाद उन्मुख अर्थव्यवस्थाको व्याख्या समेत गरिएको घोषणा पत्र निर्माण समितिका एक सदस्यले जानकारी दिए ।

Read More

काठमाण्डाै – नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही-१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे । भूसालले भने, ‘केपी ओलीजीलाई…

Read More

काठमाण्डाै – भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो । आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने…

Read More

काठमाण्डाै – सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ। स्रोतका अनुशार उक्त घटनाबारे आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई परराष्ट्रले ‘कूटनीतिक नोट’ पठाएको हो। कूटनीतिक नोटमा परराष्ट्रले भारत सरकारलाई मुख्यगरी तिन आग्रह गरेको छ। पहिलो, भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, दोश्रो त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन। ‘भारतीय पक्षलाई कुटनीतिक नोट पठाएका छौँ’ परराष्ट्रका एक अधिकारीले भने। उनका अनुशार गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारतलाई…

Read More

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा देहिजाँत मेला २३ कार्तिकमा लाग्ने भएको छ। डडेल्धुरास्थित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते लाग्ने भएको हो। हरेक वर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गरेको छ। हजारौ दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला यस वर्ष यही कार्तिक २२ गते रतेडी र २३ गते दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। जिल्ला सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्लपक्ष…

Read More

बझाङ- बझाङमा कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष समातिएका छन्। ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर खड्का समातिएका हुन्। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार खप्तडछान्ना गाउँपालिका–६ का टेकबहादुर खड्काले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा वडाध्यक्ष खड्कालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यस्तै प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका अन्य ६ जनाविरुद्ध पनि किटानी जाहेरी परेको तर उनीहरु फरार रहेको जनाएको छ। फरारहरुको खोजी कार्य भइरहेको बताइएको छ। कुटपिटको घटना कात्तिक ९ गतेको भएको प्रहरीको भनाइ छ।वडाध्यक्षसहितको समूहको कुटपिटमा परेका दुई जनाको धनगढीमा उपचार…

Read More

वीरगञ्ज- वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले  बताए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान सवा उनी मृत अवस्थामा भेटिएका हुन् । ‘नालामा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा शव भेटिएको छ। घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ डीएसपी गिरीले भने ‘ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ ।’ नालामा पुरुष व्यक्ति मृत भेटिएको…

Read More

काठमाडौं- भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

Read More

 काठमाडौं- भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए । ‘भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’…

Read More