Author: Dipak Dhamala

काठमाण्डाै – मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । सात दलीय गठबन्धन अध्यक्ष बसेर सरकार विस्तार प्रदेश सरकार गठनका विषयमा छलफल हुने छ ।

Read More

काठमाण्डाै – आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन पनि छ । अहिले काठमाण्डौ उपत्यकासहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौसहित पहाडी जिल्लामा लागेको हुस्सु कुहिरो हटेर मौसम सफा रहने अनुमान गरिएको छ । तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको हुस्सु कुहिरोले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए ।  बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउन अन्तिम समयसम्म आफूहरूले पहल र प्रयत्न गरे पनि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारणले गठबन्धन टुट्न पुगेको निष्कर्ष सुनाएका थिए । यो घटनालाई अवसरमा बदल्नुपर्नेमा प्रचण्डको जोड रहेको बैठकमा सहभागी एक नेताले बताए ।  साथै…

Read More

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहीबार दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । विराटनगरले प्रतियोगितामा एक मात्र जित हात पारेको छ । त्यसैले विराटनगर आजको खेलमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । विराटनगरले २ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।यता पोखराले हालसम्म प्रतियोगितामा जित निकाल्न सकेको छैन । चार खेल खेलेर अंक विहिन पोखरा पहिलो जितको खोजीमा हुनेछ । पोखरा अंक तालिकाको पुछारमा छ । दुई टोलीबीचको पहिलो खेलमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले हराएको थियो । आज नै हुने दोस्रो…

Read More

छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।  यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए । हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे ।

Read More

नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन् ।यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन् । प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न…

Read More

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गोलले पराजित गरेको हो । सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको १५ खेलमा ३५ अंक भएको छ । शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलमा ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

Read More

काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले हिजो राहदानी विभागको अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।

Read More

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो । धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा हिजो बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा धेरैजसो नेताले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको अवस्थामा सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जानुपर्ने धारणा राखेका थिए । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्नेलगायतका सर्त सरकारसँग राख्ने निर्णय…

Read More

काठमाडौं – नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ । कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

Read More