Author: Dipak Dhamala

काठमाडौं – नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् । विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ । मन्त्रालयले सत्ता र शक्ति वा…

Read More

काठमाडौं – हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन्। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन । विमानस्थलभित्रका र्याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पुर्याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथु्रक्कै भिज्नुपर्ने वाध्यता थियो । सम्बन्धित वायुसेवा कम्पनीलाई विमान…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर…

Read More

काठमाडौं – अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

Read More

जापानमा भारी हिमपातका कारण १७ जनाकाे ज्यान गएकाे छ । लगातार १० दिनयताकाे हिमपातका कारण दर्जनाैँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानकाे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँकाे जनजीवन अस्तव्यस्त भएको जापानकाे विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । जापानकाे स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ । हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।

Read More

काठमाण्डाै – कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘ प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ । कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन्, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । प्रदेशसभाको यात्रामा आफूलाई आशा…

Read More

काठमाण्डाै – नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ । जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा पराजित…

Read More

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो ।  लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता बनाए । ५९ औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् । जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंकसहित १२ औं…

Read More

काठमाण्डाै – नयाँ सरकार गठनसँगै सत्तारूढ ७ दलले आन्तरिक छलफललाई अगाडि बढाएका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्तागठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । ‘पर्ख र हेर’ को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । आउँदो पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा…

Read More

काठमाडौं – सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।  कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

Read More