Author: Dipak Dhamala

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।  यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ । संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउनेबारे अहिले विहान ९ बजे उनीहरुबीच बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने शिर्ष नेताहरुको तयारी रहेको छ । विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष…

Read More

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Read More

काठमाडौं – मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले आइतबार धनगढी आएका हुन्। चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका थिए। वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्न सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवालेलाई मुख्यमन्त्री शाह, सुदूरपश्चिमका भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरेका थिए।सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन्।

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो । युनाइटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक/एक गोल गरे । जितसँगै युनाइटेड ३० खेलमा ५९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । तालिकामा आर्सनल ७४ अङ्कसहित पहिलो र म्यानचेस्टर सिटी ७० अङ्कसहित दोस्रो स्थानमा छन् । नटिङ्घम फरेस्ट २७ अङ्क जोडेर १८औँ स्थानमा रहेको छ ।

Read More

धनगढीः कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिढ) संक्रमित महिलाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा मृत्यु भएको उनले बताए। मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Read More

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।  सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’ राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् -‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

Read More

काठमाडौं । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदिमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्धुत उत्पादन गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित दुई देशका प्रतिनिधिहरू सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । नेपाल र भारत दुई देश हुनुभन्दा पुरानो सभ्यताको सम्बन्ध भएको भन्दै शाहले मनासखण्डले दुई देश र प्रदेश जोडिएको बताए । ‘नेपाल र भारतले संयुक्त लगानीमा यो प्रदेशमा भएका नदीबाट विद्युत उत्पादन गरेर एसियामा बेच्न सकिन्छ,’ शाहले भने । उनले नेपाल र भारतको संस्कृतिक सम्बन्ध जस्तै आर्थिक सम्बन्ध पनि बलियो हुनुपर्नेमा जोड दिए । गोष्ठीमा बोल्दै प्रदेशका निवर्तमान मुख्यमन्त्री…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।  सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

Read More

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

Read More