काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो ।
युनाइटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक/एक गोल गरे । जितसँगै युनाइटेड ३० खेलमा ५९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
तालिकामा आर्सनल ७४ अङ्कसहित पहिलो र म्यानचेस्टर सिटी ७० अङ्कसहित दोस्रो स्थानमा छन् ।
नटिङ्घम फरेस्ट २७ अङ्क जोडेर १८औँ स्थानमा रहेको छ ।
Facebook Comments Box