Author: Dipak Dhamala

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् । बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन उनले भने, ‘अधिकांश नेताको क्षेत्र निश्चित छ । प्रदेशमा अलिकति मिलाउनुपर्छ होला । उम्मेदवार चयनमा धेरै समस्या हुने देखिँदैन ।’ विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको…

Read More

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको ज्यान गएको छ । पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

Read More

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १५ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो । ज्यान गुमाउनेमा नाै जना पुरुष र ६ जना महिला रहेका छन् । हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा तीन जनाको ज्यान…

Read More

दाङ – दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो ।

Read More

काठमाण्डौ – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ । अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ

Read More

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको ज्यान भएको पुष्टि भएको छ । आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वितीय’ हिमालको चुचुरोनजिक मंगलवार बिहान गएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए । उनीहरूमध्ये चार जना मंगलवार नै मृत अवस्थामा भेटिएका थिए । भारतीय वायु सेना र स्थानीय विपद् निकायले बेपत्ताको खोजी गरिरहेका छन् । उद्धार टोलीले अहिलेसम्म १० जनाको शव फेला पारेको उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा उल्लेख गरेको छ । नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट गरी…

Read More

पाल्पा – पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो । सडक बन्द हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँचीबाट बुटबल तथा काठमाण्डौ आउने/जाने गाडी र यात्रु बाटोमै रोकिएका छन् । सकेसम्म छिट्टै सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Read More

काठमाण्डौ – प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ । कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि…

Read More

च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हरायो । रियलका रोड्रिगो र भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए । जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ । उसको तीन खेलमा ९ अंक छ । त्यस्तै समान खेलमा सख्तरको ४ अंक रहेको छ । गएराती भएको अर्को खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । समूह ‘जी’ मा रहेको सिटीले तीन खेलमा ९ अंक जोडेको छ…

Read More

काठमाण्डौ – लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा जलस्तर खतराको तहमाथि पुगेको छ । बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ । त्यस्तै पश्चिम राप्तीमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ । नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम…

Read More