दार्चुलाः दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन्।
घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
यस्तै अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–१२ खप्तडस्थित गोरु बाँध्ने गोठमा गोरुलाई घास हाल्न जानेक्रममा जंगली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन्। घाइते बालको न्याय हेल्थ हस्पताल बयलपाटामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
Facebook Comments Box