Author: Dipak Dhamala

काठमाण्डाै – ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक-फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ । आज भक्त सुरदास प्याँख देखाएर सुरु हुने कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं…

Read More

काठमाण्डाै – आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको छ। प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ।

Read More

काठमाडौं- नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले विभिन्न जातजाति, समुदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत एवं इतिहास झल्कने कम्तीमा प्रदेशस्तरीय एक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता जनाइएको छ । कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ । सातै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक प्रदर्शनका लागि प्रेक्षालयको स्थापना गरिने बाचा पार्टीले गरेको छ । राज्यको लगानी वृद्धि गर्दै स्रष्टा सर्जकको वृत्ति विकास…

Read More

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज (आइतबार)देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् । क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेश र तीन…

Read More

धनगढीः कैलालीको चौमाला बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ। प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ। आगलागीमा जम्मा क्षती १ करोड १३ लाख ५० हजारको भएको प्रहरीले बताएको छ। गौरीगंगा नगरपालिका १ चौमाला बस्ने बिष्णु कुमार पाण्डेको लुम्बिनी होटलमा १ लाख ५० हजार बराबरको क्षती भएको छ भने, जयसिंह भण्डारीको भण्डारी किरानामा १५ लाख, पारस सापकोटाको बहराय मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको हिमाल मोबाइल ग्यालरीमा १२ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै सोही ठाउँका छविलाल खनालको पशुपती डम्मरा सप्लायर्समा ४५ लाख बराबरको क्षती भएको छ भने टंक प्रसाद आचार्यको…

Read More

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका- १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार- २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ । ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर भएको दुर्घटनामा रम्भा गाउँपालिका- १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका- ९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका रामपुरका स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार सोमबार बिहान ३ बजेको…

Read More

काठमाण्डाै – धनगढीको मोहना घाटमा छठ पूजाको तयारी भइरहेको छ। तराई मधेस क्षेत्रमा मनाइने छठ पूजा शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएसँगै घाट सजावटको काम भइरहेको हो। छठ पूजाका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यको पूजा गर्ने छन भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन्। तराई- मधेस क्षेत्रमा मनाइने छठ पूजा अचेल सुदूरपश्चिमको धनगढीमा मनाउन लागेको सोह्र वर्ष भएको छ। शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व छठको शनिबार ‘खरना’ विधि गरिएको छ। ‘रस्याउ रोटी’ भनिने यो विधिमा व्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र सख्खर हालेर पकाइएको खीर(रस्याउ) र पुरी खाने चलन छ। छठ पूजाका…

Read More

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो । खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोको गोलबाट अग्रता बनाएको लिड्सले अन्तिम मिनेटमा एक गोल गर्दै जित निकाल्यो । लिभरपुलका मोह्याम्मद सलाहले खेलको १४ मिनेटमा गोल गरे । अङ्क तालिकामा लिभरपुल १२ खेलमा १६ अङ्ककासाथ नवौँ स्थानमा छ । समान खेलमा लिड् युनाइटेड १२ अङ्कसहित १५औँ स्थानमा छ । त्यस्तै, अर्को खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–२ गोलले हरायो । टोटनह्यामले सुरुआती दुई गोलको अग्रता उल्ट्याएर जित निकालेको हो । जितसँगै टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको १२ खेलमा २६ अङ्क छ । बर्नमाउथ १३…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन् । छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिन्छ ।  प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको…

Read More