Author: Dipak Dhamala

काठमाण्डाै – सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा हिजो बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको बूढीगङ्गाका ३० वर्षका ओजराज लुइँटेल, धरान उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षका राजन राई र ३२ वर्षका शम्भु राई रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । विराटनगरबाट इटहरी जाँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा परेका तीनै जनाको उपचारका क्रममा राति नै ज्यान गएको हो ।

Read More

काठमाण्डाै – यो महिनाभरि डेङ्गीको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । सबै जिल्लामा फैलिएको डेङ्गीबाट अहिलेसम्म ४६ हजार सङ्क्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ४६ हजार ४१३ जना सङ्क्रमित भइसकेका छन् । त्यसैगरी ५२ जनाको डेङ्गी सङ्क्रमणबाट ज्यान गएको छ । सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमितमध्ये करिब ८० प्रतिशतलाई डेङ्गीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र…

Read More

चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो । प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ । प्रदर्शनमा सहभागी मानिसहरुले हामी घर जान चाहन्छौँ लेखिएको प्लेकार्ड बोकेका छन् । मानिसहरु झण्डै तीन महिनौँदेखि घरमै थुनिएका छन् भने बाहिरबाट आएका मानिसलाई घर जान पनि दिइएको छैन । …

Read More

काठमाण्डाै – महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र…

Read More

काठमाडौं- फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो।  बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौसम विभागले जनाएको छ।

Read More

काठमाण्डाै – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान किन चलाएको भनेर स्पष्टीकरण सोधेको थियो । अझै पनि त्यस्तो अभियान चलाउने भनेर वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उहाँलाई पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । यदि डेङ्गी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यकता महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्ने आयोगले जनाएको छ । तर थापा आफैँले गर्न पाउने कानुनी व्यवस्था नभएको आयोगले स्पष्ट पारेको छ । फेरि पनि आचारसंहिता विपरीत मतदातालाई प्रभावित गरेको हुँदा २४…

Read More

काठमाडौं- छठ पर्वको आज  दोस्रो दिन, खरना गरी मनाइँदै छ ।  छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन  व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।  शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् ।  यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे । षष्ठी…

Read More

काठमाडौं- अधिकांश टीकापुरबासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ ।  सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् । कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुबै प्रदेश र दुबै…

Read More

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाण्डाै – अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन । यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ । घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी…

Read More