Author: Dipak Dhamala

अछाम जिल्लाको साँफेबगरमा एचआईभी एड्स सम्बन्धी एक दिने अभिमुखिकरण तथा भेदभाव र लाञ्च्छना न्यूनिकरणमा सुरक्षाकर्मीको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी एड्स रोग भएका व्यक्तीहरुलाई गरिने भेदभाव र लाञ्च्छना हुन नदिन सुरक्षाकर्मीको समेत महत्वपूर्ण भुमिका हुने भन्दै अन्तरक्रिया आयोजना गरिएको थियो । साथै जिल्लामा एचआई एड्सको अवस्था कस्तो छ, संक्रमितको के कति छन् र यस रोगबाट बच्नका लागि अपनाउनुपर्ने साबधानीका बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सहभागीहरुलाई स्वास्थ्य कार्यालय र निर्देशनालयको टिमले एचआईभी एड्सका बिषयमा जानकारी गराएको थियो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायल र स्वास्थ्य कार्यालय…

Read More

काठमाण्डाै – बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । याे भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।

Read More

कैलाली – कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्। उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी छ । जसपाले सरकारमा जाने या नजानेबारे…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । सङ्घीय संसद्को सदस्य हुन…

Read More

काठमाण्डाै – सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अहिले शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । तर सरकारमा जाने आकांक्षी धेरै छन् । यसको व्यवस्थापन गर्न सत्तारुढ दलहरुले मन्त्री चयनको मापदण्ड नै बनाउने भएका छन् । विगतमा अवसर नपाएका, युवा र सकेसम्म प्रत्यक्षमा निर्वाचितलाई मन्त्री बनाउने गरी मापदण्ड बनाउने दलहरुको तयारी छ । सत्ता गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रबाट शक्ति सन्तुलनको प्रयास थालिएको छ । गएको सोमवार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएसँगै सरकारलाई पूर्णता दिनेबारे आन्तरिक छलफल…

Read More

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १५ खेलमा २९ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौ स्थानमा छ । नटिङघम फरेस्ट १६ खेलमा १३ अंकका साथ पुछारबाट दोस्रो…

Read More

काठमाडौं – सात दलीय सत्ता गठबन्धनमा आबद्ध सा दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क(कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार भएको भागबण्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११, माओवादी केन्द्रले ५ देखि ७ रास्वपाले ५, राप्रपाले ३, जनमत र नागरिक उन्मुक्तिले २र २ मन्त्रालयको दाबी गरेका थिए । तर, मंगलबारसम्मको सूचनाअनुसार राप्रपा…

Read More

भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई त्यहाँका राष्ट्रपतिले आम माफी दिनुभएको छ । लीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १७ वर्षको जेल सजाय तोकिएको थियो । राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रपति युन स्योक एलले ली को बाँकी १५ वर्षको कैद मिनाहा गरी आम माफी दिनुभएको हो । सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो । दक्षिण कोरियाली राष्ट्रपतिले पूर्वराष्ट्रपति लीसहित १ हजार ३ सय कैदी बन्दीलाई माफी दिएको खबरमा उल्लेख छ ।

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।  आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ को  हिमाली भू(भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

Read More