Author: Dipak Dhamala

नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 

Read More

 चितवन- चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन्। क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष थपलियाको नाम सिफारिस भएको थियो । एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । एमालेले चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार…

Read More

दाङ – दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे  लु ४० प ४९२२ नम्बरको  मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।  मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए । मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर…

Read More

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् ।बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैँडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् । त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा  अवरुद्ध…

Read More

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् । नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँग छलफल गर्दैछ । सत्तारूढ गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भइसकेकाे छ । जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक…

Read More

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ।   डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५…

Read More

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्.ने भएका छन् । गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड मंसिर चारमा हुने निर्वाचनमा भने यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।  माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् । उनले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका थिए ।  डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो…

Read More

आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।  घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। साथै दसैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ । दसैँको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए । 

Read More

हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा  भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राती पनि भारी वर्षाको सम्भावना रहेको छ ।  भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो…

Read More

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने छ । यद्यपि लोसपाले १५ सिट मागेको छ।

Read More