Author: Dipak Dhamala

काठमाडौं- नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।  किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका  सहन्यायाधिवक्ता अच्युतमणि नेहुपानेले जानकारी दिए । विदेशबाटै फर्कँदै गर्दा  २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा बसिसकेका छन् । जबरजस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बसेका थिए ।आज सोमबार अदालत खुलेसँगै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको…

Read More

काठमाण्डाै – आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएकाे छ । चतुर्थीदेखि सुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गरिएकाे हाे। काठमाण्डौको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नक्खु लगायतका ठाउँमा बर्तालुहरुले निर्माण गरेको छठ घाटमा आइतवार रातभरि जागा भइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । आज जनकपुरधाम, वीरगञ्ज लगायत तराईका विभिन्न ठाउँमा उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको समापन गरिएको छ । बर्तालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य…

Read More

बैतडीः मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो। सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो। जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ। विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेश…

Read More

कैलाली- कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्यो । कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् । यसले बजार…

Read More

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । यस्तै,…

Read More

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले हिजोदेखि लागू गरेको हिउँदे उडान तालिका अनुसार चार्टर्ड उडानसँगै काठमाण्डौबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । प्राधिकरणले विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको छ । गौतमबुद्ध विमानस्थलले…

Read More

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने…

Read More

काठमाडौं- आज कार्तिक १४ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको…

Read More

काठमाडौं-मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

Read More

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । आइतबार दिनभर निराहार व्रत…

Read More