Author: Dipak Dhamala

बैतडीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट यही मंसिर ७ गते बुधबारबाट बेपत्ता भएकी वडा अध्यक्ष केशव बिष्टले बताए। उनका अनुसार घरबाट दाउरा काट्न भनेर गएकी मञ्जु सम्पर्कविहीन भएकी हुन्। बेपत्ता भएकै दिनदेखि उनको खोजी कार्य गर्दा पनि भेटिएकी छैनन्। उनी हराएको बारे प्रहरीलाई पनि जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ। मञ्जुका एक ७ वर्षीय छोरा छन् भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। 

Read More

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली काँग्रेसले एक सिटमा मात्र जित हासिल गरेको थियो। आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट काँग्रेस सबैभन्दा ठुलो शक्ति बन्दै ७ सिट हात पार्न सफल भयो। सत्ता गठबन्धनबाट नेपाली काग्रेस र एकिकृत समाजवादीलाई लाभ पुगेको छ। माओवादी केन्द्रलाई भने धक्का लागेको छ। २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा ३ सिट जितेको माओवादी केन्द्र यस पटक शुन्य अर्थात निल भएको छ। माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका लेखराज भट्ट कैलाली–४ र झपटबहादुर बोहरा अछामबाट पराजित भएका छन्। गठबन्धनको जालझेलका कारण एमाले खुम्चिनु परेको एमालेका प्रदेश अध्यक्ष एवंम नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए। भण्डारीले भने, ‘समानुपातिकको विवरण आइनसकेकाले अहिले नै विश्लेषण…

Read More

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला कैलाली हो। कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन्। आइतबार भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।जिल्लामा नौ महिना पहिला स्थापना भएको नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ। जिल्लामा नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै ठुलो दल बनेको हो। कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधि सभा सदस्यका तीन र प्रदेश सभा सदस्यका पाँच निर्वाचन क्षेत्रमा विजयी भएका छन्। टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते नागरिक उन्मुक्तिको स्थापना भएको हो।स्थापनाको छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको…

Read More

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ। मृतकको परिचय नखुलेको बताइएको छ। ट्र्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More

कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको प्रहरीले बताएको हो। आगलागीबाट जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् । लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं…

Read More

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। भावी मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको नाम चर्चामा थियो । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जिते ।  सभापति शाही कांग्रेसको संस्थापन पक्षधर…

Read More

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् । २०७४ सालको निर्वाचनमा भानुभक्त ढकालसँग शर्मा पराजित  भएका थिए । यो पटक  शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिएका हुन् । 

Read More

काठमाडौं- प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ।  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ । यस्तै गण्डकी प्रदेशमा कांग्रेसले १२ मा जित र ४ मा अग्रता बनाउँदा एमालेले १२ सिटमै जितेको छ । तर एमालेको अग्रता कुनै पनि सिटमा छैन । यस्तै लुम्बिनी प्रदेशमा कांग्रेसले १४ सिट जितिसक्दा ३ मा अग्रता कायमै छ । यस्तै एमालेले १२ सिट जितेको छ । अझै…

Read More

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।  बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १…

Read More