Author: Dipak Dhamala

काठमाण्डाै – आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रभावका कारण पूर्वी क्षेत्रका मौसम बदली हुने मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर पूर्वी क्षेत्रमा धेरै पर्ने सम्भावना…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै, विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५…

Read More

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट तीन लाख ५० हजार रुपैयाँ राजश्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गएको मङ्सिर महिनामा नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट तीन लाख ४७ हजार उठाएको हो । उहाँका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ जना चालक कारबाहीमा परेका छन् । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजश्व हो । विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, गाडी मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

Read More

काठमाण्डाै – नेपाली कांग्रेस काभ्रेले मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको निष्कर्षसहित दुई केन्द्रीय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ। पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा कांग्रेसका तर्फबाट काभ्रे क्षेत्र नम्बर–२ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका…

Read More

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ । बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११०…

Read More

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गर्नुभएको हो । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले गृहकार्य सुरु गरेको जानकारी दिँदै सम्भवत: भोलि आइतवार सरकार गठनका लागि आह्वान हुनसक्ने बताउनुभयो । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । २ सय ७५ सदस्यीय…

Read More

काठमाडौं – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले अघि बढाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति सहित फिर्ता पठाएको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुने चरणमा छन् । सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको छ ।  ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने व्यवस्था हटाएर निश्चित उमेर हद पुरा गरेपछि सेवाबाट अवकाश लिने गरी प्रहरी ऐन–०१२ लाई संशोधन गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । प्रस्तावमा प्रहरी नियमावली–०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न भनिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ ।…

Read More

काठमाण्डाै – आज काठमाण्डौ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाण्डौ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो । आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ । प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन् ।

Read More

भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ ।  मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन । ’‘यी टिप्पणीहरू पाकिस्तानका लागि पनि नयाँ न्यून हो । पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले…

Read More

लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि  चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।  संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए । गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका…

Read More