काठमाडौं: प्रहरी प्रधान कार्यालयले डिएसपीहरुएको सरुवा गरेको छ। नक्सालले मंगलबार गरेको एक सय ४३ डिएसपीको सरुवामा काठमाडौं उपत्यकाका ८ वृत्तका डिएसपी पनि फेरिएका छन्।
यसरी फेरिनेमा एक वर्ष अवधि पुगेका डिएसपीहरु छन् भने केहीको काज तथा काज थमौती पनि गरिएको छ।
जसअनुसार बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ।
त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ। यस्तै दरबारमार्ग वृत्तमा भने राजकुमार श्रेष्ठलाई पठाइएको छ। उनी बदनामित प्रहरी अधिकृत हुन्।
उनी पोखरामा हुँदा विवादमा तानिएका थिए भने उनलाई त्यसबेला हेडक्वाटर तानेर विभागिय कारबाही पनि गरिएको थियो।
Facebook Comments Box