Author: Dipak Dhamala

काठमाण्डौ  – काठमाण्डौ उपत्यकामा हुने खसीबोकाको बिक्रीवितरणमा मूल्य सन्तुलन गर्न  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न क्षेत्रबाट खरिद गरी बिक्रीवितरण गर्ने भएको छ । काठमाण्डौका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा पनि ल्याइँदैछ । कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट झण्डै पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा कोरोना सङ्क्रमण तथा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपैयाँमा खरिद गर्न लागेको जानकारी दिएको छ ।

Read More

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको छ । तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ गि्रडका प्रमुख ई.विनोद लोहनीले जानकारी दिए । लोहनीका अनुसार अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न सुरु गरिने छ । मातातीर्थ-हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् । त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो । उक्त सूचनामा ई.विनोद लोहनीको सम्पर्क नम्बर दिइएको…

Read More

काठमाण्डौ – काठमाण्डौको वसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको हो । उहाँ अहिले महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारमा प्रहरी कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

काठमाण्डाै – दसैंका लागि दार्चुलामा हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी गरिने भएको छ। जिल्लाको टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ। कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ। स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ।

Read More

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले पार्टीको निर्णयअनुसार चुनाव लड्ने बताएका छन्। नेकपा एमाले अछामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन्। कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफू चुनाव लड्न तयार रहेको उनले बताए। डा. रावलले आफू अहिलेसम्म पार्टीको निर्णयअनुसार नै चुनाव लड्दै आएको पनि बताएका छन्। उनी शुक्रबार कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला अछाम पुगेका थिए। २०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा छन्। नेकपा…

Read More

काठमाण्डाै –  चाडपर्व नजिकिएसँगै आन्तरिक उडानको भाडा दर एक्कासी आकासिएको छ। आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा ८ हजार ३९५ कायम गरिएको थियो। तर दसैं नजिकिएसँगै भाडा दर बढेर झण्डै दोब्बर पुगेको छ। काठमाडौं–धनगढी हवाइ उडान अन्तरगत अनलाइन टिकट बुकिङका लागि १४ गते शुक्रबारको भाडा दर हेर्दा त्यहाँ १२ हजार ७२५ देखि १७ हजार २५ सम्मका टिकट उपलब्ध छन्। यस्तै १५ गते शनिबार पनि सोही दरमा टिकट उपलब्ध छन्। सामान्यतया मौसम सफा रहेमा काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेटसम्म लाग्ने गर्छ। तर शुक्रबार नै १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने…

Read More

काठमाण्डाै – कर्णालीलगायत दुर्गम क्षेत्रमा दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्वमा अत्यावश्यक खाद्यान्नको अभाव हुन नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमाभित्र रहेर जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराउने बताउनुभएको छ । अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भइ ढुवानीको काम सुरु भइसकेको तर कतै टेण्डर नपरेर समस्या देखिएकाले छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्याउने तयारी भइरहेको निर्देशक चन्दले जानकारी दिनुभयो । कतैकतै चाडपर्वका अवसरमा दिएको छुटका कारण तत्काल नै आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्दा समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ । अहिले खुलेका सहुलियत पसलमा चामल, दाल, तेल,…

Read More

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाना सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् । पुटिनको धम्कीपछि रूसले सानो वा सीमित दायराको रणनीतिक आणविक हतियारहरूको प्रयोग गर्ने चिन्ता गर्न थालिएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आणविक अस्त्र प्रयोग गरे त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर सैन्य स्थिति हुने चेतावनी दिएका छन् । रूसको चेतावनीपछि चर्चामा आएको रणनीतिक आणविक हतियारहरू के हुन् ? रुससँग त्यस्तो हतियार कति छन् ? के रूसले साँच्चै तिनीहरूलाई प्रयोग गर्न सक्छ ? भन्ने वहस सुरु भएको छ । ट्याक्टिकल आणविक हतियार भनेको के हो ? ट्याक्टिकल आणविक हतियार साना आकारको आणविक…

Read More

काठमाण्डाै – नेपालमा फैलिएको डेङ्गीको सङ्क्रमण तत्काल रोक्ने गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न डाक्टरले सुझाव दिएका छन् । सङ्क्रमण बढेसँगै अहिले हरेक अस्पतालका शय्याहरू डेङ्गीका बिरामीले भरिएको डाक्टरको भनाइ छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेका छन् । अब पनि सरकार गम्भीर बनेर समयमै नियन्त्रणतर्फ नलागे ठूलो समस्या निम्तन सक्ने उहाँको भनाइ छ । लामखुट्टे मार्ने गरी धुवाँको प्रयोग गर्न सकिने, घरघरमा सरसफाइकाे चेतना बढाउनुपर्नेमा डाक्टरको जोड छ । डेङ्गी नियन्त्रण गर्न तीन तहका सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयले गम्भीरताका साथ खटिन डाक्टरको सुझाव छ। सरुवा रोग विशेषज्ञ डा.…

Read More

काठमाण्डाै – सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिनुभयो। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगित भएको थियो । अहिले कोरोनाविरुद्धको खोपसँगै महामारी घटेपछि पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ । पर्यटन क्षेत्रको…

Read More