काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको छ ।
तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ गि्रडका प्रमुख ई.विनोद लोहनीले जानकारी दिए ।
लोहनीका अनुसार अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न सुरु गरिने छ । मातातीर्थ-हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् ।
त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो । उक्त सूचनामा ई.विनोद लोहनीको सम्पर्क नम्बर दिइएको थियो ।
Facebook Comments Box