Author: Dipak Dhamala

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ।निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय पनि उल्लेख गर्नुपर्ने आयोगले जनाएकोछ । त्यस्तै, उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ । निर्वाचन…

Read More

काठमाण्डाै – फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड्स र कतार खेल्दैछन् । यी दुई खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ । त्यस्तै, आज हुने दोस्रो दुई खेलमा समूह ‘बी’ का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ । यी खेल राति पौने १ बजे सुरु हुनेछन् । साथै समूह ‘बी’ बाट अन्तिम–१६ मा पुग्ने दुई देशको…

Read More

मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू रहेका थिए। विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ…

Read More

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्।  पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।…

Read More

काठमाण्डाै – विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरियाको समान १ अङ्क छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र…

Read More

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो  प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रहनेछ।तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौं- गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३…

Read More

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा…

Read More

 बाजुरा- बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।  निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले…

Read More

विराटनगर- प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ । सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैत बीच कडा प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेले प्रदेश १ मा १६ वटा क्षेत्र जितेको थियो । जसपा र राप्रपासँग तालमेल गरेको एमालेले यो पटक १२ वटा सिट…

Read More