Author: Dipak Dhamala

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए । यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् । पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । उनी प्रतिनिधि सभाका लागि उम्मेदवार भएपछि प्रकाश देउवालाई उम्मेदवार…

Read More

काठमाडौं – बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गाैतम विजयी भएका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए । यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गाैतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।

Read More

सिन्धुपाल्चोक- दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा नेकपा एमाले क्लिन स्वीप भएको छ । सिन्धुपाल्चोकमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने शून्यमा झरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालले २७ हजार १८ मत पाएका छन् । २०७४ को चुनावमा नेपाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा बस्नेतले…

Read More

प्रदेश नम्बर १ प्रतिनिधिसभामा नेकपा एमालेकै दबदबा देखिएको छ । हालसम्म एमालेले ५ वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको छ भने अन्य ११ स्थानमा अग्रता कायम गरेको छ । मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस भने हालसम्म २ वटामा विजयी भएर अन्य ४ वटामा प्रतिस्पर्धा गर्दैछ । एमालेले जितेका क्षेत्रहरुमा योगेश भट्टराई, ताप्लेजुङ, केपी शर्मा ओली, झापा ५, राजेन्द्रकुमार राई, धनकुटा, मानबीर राई, सोलुखुम्बु र  अम्बर बहादुर रायमाझी, उदयपुर २ रहेको छ । यस्तै नेपाली काँग्रेसले भने विश्वप्रकाश शर्मा, झापा ५ र रामहरि खतिवडा, ओखलढुंगामा जित निकालेको छ । काँग्रेसले अन्य ४ क्षेत्रमा अग्रता कायम राखेको छ । काँग्रेस नेता भीष्मराज आङदेम्बे, पाँचथर,…

Read More

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् । आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा इरान पहिलो जित निकाल्ने योजनामा हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२ गोल अन्तरले हारेको थियो । यता वेल्स भने पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरी खेलेको थियो । त्यसैले आजको खेलमा…

Read More

अछाम- दुई निर्वाचन क्षेत्र रहेको अछाममा नेकपा एमाले ‘शून्य’ भएको छ । दुबै क्षेत्रमा प्रतिनिधिसभा सदस्य जित्न नसकेको एमालेले चारवटै प्रदेशसभा पनि गुमाएपछि शून्य भएको हो ।  क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी भन्दा ४ हजार ४८९ मत बढी ल्याएर विजयी भएका हुन् । उनले १९ हजार ५३४ मत ल्याएका हुन् भने एमालेका झपट बोहरा १५ हजार ४५ मतका साथ पराजित भए ।  अछाम १ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस महासमिति सदस्य राजन कुँवरले ४ हजार ३९२, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१,…

Read More

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १४२ जना बिरामीको उपचार गरिएको छ। बिहीबार उक्त वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १४२ जना बिरामीको उपचार गरिएको हो। क्लिनिकमा ५३ जनाले जनरल फिजिसियनबाट सेवा लिएका र १७ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै, वडा क्लिनिकमा ७२ जनाले आँखा रोग सम्बन्धी सेवा लिएको र १५ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ। क्लिनिकमा १० जनाले अल्ट्रासाउन्ड, ३ जनाले ईसीजी र १४ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका ४१ जना वृद्धवृद्धालाई उपचार सेवा…

Read More

अछाम- अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित भएका छन्। गठबन्धनका साझा उम्मेदवार रहेका रावल ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६६४ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गरे। विजयी रावल नेपाल प्रहरीका पूर्व एसएसपी हुन्।

Read More

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफूले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टी समेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् ।निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन,…

Read More

हुम्ला- हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी दिएका हुन् । माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

Read More