Author: Dipak Dhamala

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् । सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते पनि त्यसयता प्रभावशाली प्रदर्शन गर्न सकेको छैन । हैदराबाद सन् २०१६ मा च्याम्पियन बनेको थियो । राजस्थानको कप्तानी सन्जु स्याम्सनले गरिरहेका छन् भने एडेन मार्करामको अनुपस्थितिमा भुवनेश्वर कुमार हैदराबादको नेतृत्व सम्हाल्नेछन् । गत सिजन हैदराबादले राम्रो प्रदर्शन गर्न सकेको थिएन । टोलीले १४ खेलमध्ये ८ खेलमा हार बेहोर्दै आठौँ स्थानमा…

Read More

काठमाडौं – अछाममा अवैध मदिरा नष्ट गरिएको छ। प्रहरीका अनुसार जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको नौ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो। प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जिप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो। ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

Read More

काठमाण्डाै – आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो। अटिजमको बारेमा सचेतना जगाउने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै यो दिवस मनाइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ। सोसाइटीका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रित व्यवहार देखाउँछन् । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाले अरुलाई वास्ता…

Read More

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका पाँच बुँदे सहमति भएको हो । मिटरब्याज पीडितको नियमित आउने गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वयरसहजीकरण समिति गठन गर्ने पनि सहमति भएको हो ।आयोग गठन भएसँगै आन्दोलन फिर्ता लिने र अहिलेलाई आन्दोलन स्थगित गरिएको छ ।

Read More

 कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना हुने तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । ‘खेलौ फूटबल रमेर, फूटबलको संदेश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजनामा हुने प्रतियोगिता चैत २१ गतेदेखि ३० सम्म हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान…

Read More

धनगढीः धनगढीमा अवैध लागूऔषधसहित २ युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ युवकलाई कैलाली  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Read More

प्रतिनिधिसभा बैठक आज  बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ। त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ।  मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रीपरिषद्को पूर्णता, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ ।  सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।   

Read More