Author: Dipak Dhamala

काठमाण्डाै – दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए । आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीकाे चाप…

Read More

काठमाण्डाै – दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो । महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ। आउँदो मङ्गलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ।   युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा रहेको छ।      बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा…

Read More

काठमाडौं- हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   प्रदेश १, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं- जिल्ला प्रशासन कार्यालय अछाम र कैलालीले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । ती जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएका हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख छ । त्यस्तै कसैले बिना इजाजतका भरुवा…

Read More

 भुवन कार्की, बुटवल- के तपाई दसैँ बिदाको सदुपयोग गर्दै कतै घुम्न जाने योजनामा हुनुहुन्छ ? त्यसो हो भने लुम्बिनी प्रदेशमा केही यस्ता रमणीय र पर्यटकीय स्थल छन्, जो तपाईको बिदा सदुपयोग गर्ने उचित गन्तव्य हुन सक्छन् । लुम्बिनीलुम्बिनी विश्वकै धार्मिक पर्यटनको एउटा गन्तव्य हो । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट लुम्बिनीमा सिद्धार्थ गौतमबुद्धको जन्म भएको थियो ।मायादेवी आफ्नो घर कपिलबस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै (लुम्बिनीमा) गौतमबुद्धको जन्म भएको थियो । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणकोे केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको…

Read More

काठमाण्डाै – नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए । कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ । जित्न नसक्ने ठाउँमा दाबी गर्दा एमालेलाई फाइदा हुने कुरामा गठबन्धनका नेताहरु सजक पनि देखिएको उनले बताए । कांग्रेसले २० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा कम्तिमा…

Read More

काठमाण्डाै – एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे । श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो । टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौडेल, युनिस मगर, दीपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा रहेका छन् । त्यस्तै…

Read More

अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ । घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताउनुभएको छ । आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन भनिएको बीबीसीले जनाएको छ ।

Read More

काठमाण्डाै – दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले बताए । झाकाअनुसार…

Read More