Author: Dipak Dhamala

काठमाण्डौ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूची संशोधनको समय आज सकिँदैछ । दलहरूले यसअघि बुझाएको सूचीलाई संशोधन गर्नुपर्ने भएमा संशोधित सूची बुझाउन आयोगले आजसम्मको समय दिएको हो । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । दललाई असोज १० गतेदेखि परिमार्जित सूची पेस गर्न भनिएको थियो । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवम् समानुपातिक प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताउनुभयो । समानुपातिक प्रणालीमा…

Read More

काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय तथा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन अनुरोध गरेको छ । महानगरले सूचना निकालेर सफा, स्वस्थ र गुणस्तरीय खाद्यान्न, औषधिजन्य वस्तु, माछामासु र मासुजन्य पदार्थलगायत अन्य दैनिक उपभोग्य सामग्री उत्पादन तथा बिक्री गर्दा गुणस्तर र स्वच्छतामा ध्यान दिन आग्रह गरेको हो । यी सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको र गुणस्तरहीन सामग्री बिक्री गरिएको पाइएमा कानुन अनुसार कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ । साथै आफूले खरिद गर्ने सामग्रीको म्याद भए/नभएको, सफा र गुणस्तरयुक्त रहे÷नरहेको समेत ख्याल गर्न पनि महानगरबासी उपभोक्तालाई आग्रह गरेको छ ।

Read More

काठमाण्डौ – दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ । आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो । गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् । दशैँको घटस्थापनादेखि अहिलेसम्म ६ लाख भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् ।

Read More

काठमाण्डौ – दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।  यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ । नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुनेछ भने दशैँको…

Read More

काठमाडौं- इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको ज्यान गएको छ ।  पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ । खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेकाे खबरमा उल्लेख छ । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

Read More

काठमाडौं- राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा…

Read More

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।’ हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,…

Read More

काठमाडौं- कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन् । यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैंको चहलपहल बढेको छ ।  रोजगारीका लागि भारतमा रहेका नेपालीको पश्चिमी नाका गड्डा चौकीमा भीड लागेको छ । महेन्द्रनगरबाट दसैँ मनाउन जन्मथलो फर्किनेको बसपार्कमा भीड छ । बजारमा किनमेल गर्नेको चहलपहल पनि उत्तिकै छ ।  बैतडीको देहिमाण्डौका कविराज भट्ट दसैँ मनाउन दुई वर्षपछि जन्मथलो फर्किए । “हरेक वर्ष दसैँ मनाउन म जन्मघर बैतडी जाने गर्थे कोरोना महामारीका कारण दुई वर्ष जान पाइएन” उनले भने, “यस पटक छोराछोरी परिवारसहित दसैँ मनाउन जन्मघर जाँदैछु ।” उनले विगतका वर्षमा जस्तो त्रासका बीच चाडपर्व…

Read More

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी…

Read More

काठमाण्डाै – धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५/२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको उनले बताए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड,फलामका सामानहरु बोकेको…

Read More