काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय तथा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन अनुरोध गरेको छ ।
महानगरले सूचना निकालेर सफा, स्वस्थ र गुणस्तरीय खाद्यान्न, औषधिजन्य वस्तु, माछामासु र मासुजन्य पदार्थलगायत अन्य दैनिक उपभोग्य सामग्री उत्पादन तथा बिक्री गर्दा गुणस्तर र स्वच्छतामा ध्यान दिन आग्रह गरेको हो ।
यी सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको र गुणस्तरहीन सामग्री बिक्री गरिएको पाइएमा कानुन अनुसार कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ ।
साथै आफूले खरिद गर्ने सामग्रीको म्याद भए/नभएको, सफा र गुणस्तरयुक्त रहे÷नरहेको समेत ख्याल गर्न पनि महानगरबासी उपभोक्तालाई आग्रह गरेको छ ।
Facebook Comments Box