Author: Dipak Dhamala

काठमाण्डौ – सरकारले  दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुलेको जानकारी दिए । यही भदौ २२ गतेको…

Read More

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र…

Read More

काठमाण्डाै – दार्चुलाको लास्कु खोलामा भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी पुल निर्माणसँगै सहज भएको छ। पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरेपछि दुवै गाउँपालिकाबीच आवतजावत सहज भएको हो। बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्ती दुहु र ब्यास गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो। सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थायी काठेपुल निर्माण भएको हो। तत्काललाई आवतजावतका लागि निर्माण गरिएको अस्थायी पुल बुधबारबाट सञ्चालनमा आएपछि दुहु-ब्यास आवतजावत सुरु भएको हो। पुल बगाउदा असहज बनेको दुहु र ब्यास गाउँपालिकाको जनजीवन सहज बन्दै गएको स्थानीय…

Read More

काठमाण्डाै – बाजुरामा एक ७० वर्षीया महिला बलात्कृत भएकी छन्। बुढीगंगा नगरपालिका ६ बस्ने ४० वर्षीय बिष्णु भारतीले महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। हिजो (बुधबार) बोल्न र हिड्नसमेत नसक्ने ती वृद्धा महिलामाथि बलात्कार भएको उजुरी आएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गिन्द्र बोगटीका अनुसार बलात्कार आरोप लागेका बिष्णु भारती प्रहरी नियन्त्रणमा छन्। हिजो राति ती महिलामाथि बलात्कार भइरहेको उनका श्रीमानले देखेपछि घटना सार्वजनिक भएको हो। बिष्णु भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाका श्रीमानले देखेका थिए। उनले देखेपछि भारती झ्यालबाट हाम फालेर भाग्न खोज्दा लडेर घाईते भएका थिए। नग्न अवस्थामा झ्यालबाट हाम फालेर…

Read More

काठमाण्डाै – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न  काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् । महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर शाहको अभियानको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् । शुक्रबार बिहान ट्वीटमार्फत उनले फुटपाथ व्यवस्थित गर्दा निश्चित ठाउँ र समय तोकेर स्वरोजगार श्रमिकहरूको व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिए ।

Read More

कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो। टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। मन्त्रिपरिषद्को बैठकबा थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो। सहमतिमा थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने उल्लेख थियो। ट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र…

Read More

काठमाण्डाै – नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ। नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै यो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम…

Read More

काठमाण्डाै – प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको यो परियोजनाको कुल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । आन्तरिक ऋण लगानी सम्बन्धी सम्झौतामा हिजो बेलुका हस्ताक्षर भएको हो। लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाण्डौलाई निर्देशन दिइएको छ । यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न/नगराउन पनि…

Read More

काठमाण्डाै – महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि आज निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई बोलाएको छ । समितिको बैठक बिहान ९ बजे बस्दैछ । हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो । महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका छन् । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा आजको बैठकले निर्णय गर्नेछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि मगाउने भएको छ । समितिले न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय…

Read More