काठमाण्डाै – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् ।
महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर शाहको अभियानको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् ।
शुक्रबार बिहान ट्वीटमार्फत उनले फुटपाथ व्यवस्थित गर्दा निश्चित ठाउँ र समय तोकेर स्वरोजगार श्रमिकहरूको व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिए ।
Facebook Comments Box