Author: Dipak Dhamala

काठमाण्डाै – खानेपानीको अभाव भोगिरहेको धरान उपमहानगरपालिकामा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।  श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।  ३ महिनाको श्रमदानमार्फत ल्याइएको पानी व्यवस्थित रुपले वितरण गर्ने प्रयास भइरहेको मेयर साम्पाङले बताए । सर्दुको पानी जोड्न बाँकी रहेकोले पानीको फोहोरा अझै बढ्ने उनको भनाइ छ । 

Read More

युक्रेनले बितेको डेढ हप्तामा रुसकाे कब्जामा रहेकाे ६ हजार वर्गमिलोमिटरभन्दा धेरै क्षेत्र फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा सेप्टेम्बर महिनामा मात्रै ६ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिइएको दाबी गर्नुभएको हो । प्रत्याक्रमणलाई तीव्रता दिएको युक्रेनी सेनाले देशको पूर्वी र दक्षिणी क्षेत्रमा आफ्नो भूमि फिर्ता लिने काममा सफलता मिलिरहेको बताएका बीबीसीले जनाएको छ । रुसले भने युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना फिर्ता गरेको बताएको छ । क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले भूमि फिर्ता गर्ने काममा सफलता पाइरहेको बीबीसीले जनाएको छ । युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको…

Read More

काठमाण्डाै – लमजुङमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेङ्गु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेङ्गु  संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेङ्गु  संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेङ्गु  संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । डेङ्गुबाट बेंसीशहर नगरपालिकाका ४ जना, राइनास र…

Read More

काठमाण्डाै – हाल देशभरको मौसममा सामान्य  बदली  रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। राती  गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध…

Read More

काठमाण्डाै – उच्च अदालत पाटनबाट ६१ लाख ५४ हजार ८ सय ७५ जरिबाना तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र ६१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ जरिबाना ठहर गरेपछि फरार पर्वत घर भइ काठमाण्डौको नयाँबजार बस्ने ३५ वर्षीय इन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदानहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैंकिङ जन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

Read More

काठमाण्डाै – मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा २ हजार २ सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका छन् । सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अरु सात जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारणहरू, श्रमिक तथा गरिब किसानका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नका कारणहरू, साहु महाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने…

Read More

काठमाण्डाै – सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् । गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । बेलायतमा सरकारले कामदार पठाउँदैन । उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन् । नेपालीहरूले बेलायतमा गर्दै आएको कामप्रति बेलायतका रोजगारदाता सन्तुष्ट देखिन्छन् । जसले गर्दा संस्थागत रूपमा नै कामदार लैजान बेलायत तयार भएको हो…

Read More

काठमाण्डाै – नेपाल श्रीलङ्कामा चलिरहेको १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे । अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।  समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

Read More

काठमाण्डाै – नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन् । लीको सुरक्षाका लागि भन्दै काठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ ।

Read More

काठमाण्डाै – सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको हो । यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जानकारी दिएको छ । प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’…

Read More