युक्रेनले बितेको डेढ हप्तामा रुसकाे कब्जामा रहेकाे ६ हजार वर्गमिलोमिटरभन्दा धेरै क्षेत्र फिर्ता लिएको दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा सेप्टेम्बर महिनामा मात्रै ६ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिइएको दाबी गर्नुभएको हो ।
प्रत्याक्रमणलाई तीव्रता दिएको युक्रेनी सेनाले देशको पूर्वी र दक्षिणी क्षेत्रमा आफ्नो भूमि फिर्ता लिने काममा सफलता मिलिरहेको बताएका बीबीसीले जनाएको छ ।
रुसले भने युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना फिर्ता गरेको बताएको छ । क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले भूमि फिर्ता गर्ने काममा सफलता पाइरहेको बीबीसीले जनाएको छ ।
युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो । रुसले आफ्नो सेना फिर्ता भएका शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । रुसी आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी क्षेत्रमा विद्युत् कटौती भएको छ ।