Author: Dipak Dhamala

समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ । राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५…

Read More

रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन रिचर्डलिसनले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो ।  खेलको ६२ औं मिनेटमा लिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  रिचर्डलिसनले खेलको ७३ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए ।  जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ । यता सर्बियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Read More

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् । कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा(२) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई प्रदेशसभामा टिकट दिएको थियो । नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल…

Read More

काठमाडौं- संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएको छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् । कञ्चनपुर – ३ को (१) मा नेकपा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर पनि नजिता हात पारेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रकाश…

Read More

चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले संविधानबमोजिम उक्त उजुरीको निर्णय अब आयोगको क्षेत्राधिकारभित्र नपर्ने बताए । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता त्याग नगरेको भन्दै गत कात्तिक २९ गते चितवन- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो । संविधानको धारा २४६ को उपधारा ३ मा राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि…

Read More

समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ४०९ मत ल्याएको हो ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३२ हजार ५७५ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख २ हजार ४९९ मत रहेको छ । राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३३ हजार ३७५ मत रहेको छ भने जसपा नेपालको १ लाख १२ हजार ६७९ रहेको छ । जनमत पार्टीले ६७ हजार ६१४ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६२…

Read More

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्।  तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

Read More

कैलाली क्षेत्र नं.१ मा नागरिक उन्मुक्ती पार्टीले क्लिन स्विप गरेको छ । प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएसँगै बिहीबार दिउँसो नै पार्टीले व्यापक विजय र्‍यालीसमेत निकालेको छ । प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत सहित निर्वाचित भएकी छिन् । आफ्ना प्रतिद्वन्दी भन्दा १२ हजार ३२३ फराकिलो मतान्तरसहित श्रेष्ठ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउदा तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्र रावलले ५ हजार ९१० ल्याएका छन् । यो सँगै कैलाली क्षेत्र नं. १ मा ३ हजार…

Read More

डडेल्धुरा- डडेल्धुरा प्रदेश क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट विजयी धएका छन्। उनी एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन्। भट्टले १२११२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहोराले ९१९५ मत प्राप्त गरे। जम्मा खसेको २५३६१ मतमध्ये २४२५ मत सदर भएका छन् भने १३३६ मत बदर भएका छन्। भट्ट यसअघि २०६४, २०७० र २०७४ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए। तीनै पटक शेरबहादुर देउवासँग पराजित बनेका उनी अहिले फेरिएको राजनीतिक समीकरणमा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए।

Read More

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन्। उनी १२ हजार ३ सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत पाए। 

Read More