Author: Dipak Dhamala

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व…

Read More

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको…

Read More

काठमाण्डाै – आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकलाई दुःख र सास्ती अझै पनि उस्तै नै छ…

Read More

काठमाण्डाै – नेपालबाट गएकाे वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवम् दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट ३० करोड बराबरको पानी निर्यात भएको जानकारी दिइएको हो । नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवम् हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्। २०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग…

Read More

काठमाण्डाै –किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन् । ताजिकिस्तान र किर्गिजस्तानबीचको सीमामा रहेको १ हजार किलोमिटर भूभागमध्ये एक तिहाइ विवादित छ । गत वर्ष दुई देशबीच सीमामा भएको विवादमा करिब ५० जनाको मृत्यु भएको थियो ।  ताजिकिस्तानले आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको बताएको छ। अन्तर्राष्ट्रिय दबाबबीच शुक्रबार दुवै…

Read More

काठमाण्डाै – २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो । बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक/एक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’…

Read More

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र  मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  मंगलबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। #आजको मौसम

Read More

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका हुन् ।  संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताए । उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् ।  उनले संविधानको पूर्ण पालना गर्दै…

Read More

काशिराम जैसी असोज २, काठमाण्डौ – ईलाका प्रहरी कार्यालय लम्कीले हराएकाे मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । कैलाली जिल्लाको लम्कीचुहा नगरपाकिा वडा.न. ४ कौवापुर स्थित आफ्नो घरमा राखेको अवस्थामा हराएको मोटरसाइकल फेला परेको हो । लम्कीचुहा नगरपाकिा वडा.न.४ कौवापुर बस्ने बिरेन्द्र बहादुर बोगटीको से ४ प १८२९ नम्बरको मोटरसाईल खोज तलास गर्ने क्रममा फेला परेको ईलाका प्रहरी कार्यलय लम्कीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीमा मोटरसाइकल हराएको भनी उजुरी परेपछि प्रहरी कार्यालबाट खटिएको गस्ती टोलीले उक्त मोटरसाइकल लम्कीचुहा न.पा १ बसपार्क स्थित २ नंबर गेट नजिकै बेवारिसे अवस्थामा फेला परेको हो । बेवारिसे अवस्थामा फेला परेको मोटरसाईकल…

Read More

दिपक धमाला काठमाडौं –  एन.एफ.आई क्रियसन प्रा.लि. ले निर्माण गरेको जनचेतना मुलक चलचित्र सरी मम को सम्पादन कार्य सकिएको यस चलचित्रका सम्पादक प्रितम पाण्डेयले बताएका छन् । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उदेश्यले निर्माण गरिएको र यस चलचित्र मार्फत बिभिन्न दुव्र्यसनिमा फसेका युवाहरुलाई लक्षित गरी जनचेतना मुलक संदेश दिन खोजेका छौ । लागुऔषध बिरुद्वको अभियान र फिल्मको प्रर्दशन भने प्रदेश प्रदेशमा गएर जेसीज संग समन्वय गरेर ७ प्रदेशमै प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएका छन् । बिनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन, सरोज खनाल, सरिता लामिछाने, आरबी कटुवाल, प्रभात पल, एलिस…

Read More