दिपक धमाला काठमाडौं – एन.एफ.आई क्रियसन प्रा.लि. ले निर्माण गरेको जनचेतना मुलक चलचित्र सरी मम को सम्पादन कार्य सकिएको यस चलचित्रका सम्पादक प्रितम पाण्डेयले बताएका छन् ।
सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उदेश्यले निर्माण गरिएको र यस चलचित्र मार्फत बिभिन्न दुव्र्यसनिमा फसेका युवाहरुलाई लक्षित गरी जनचेतना मुलक संदेश दिन खोजेका छौ ।
लागुऔषध बिरुद्वको अभियान र फिल्मको प्रर्दशन भने प्रदेश प्रदेशमा गएर जेसीज संग समन्वय गरेर ७ प्रदेशमै प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।
बिनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन, सरोज खनाल, सरिता लामिछाने, आरबी कटुवाल, प्रभात पल, एलिस राई, प्रेविल कडेल, बिहाँन श्रेष्ठ, युनिसा बजगाँई, रेजिना मगर, सरोज बखुरेल लगायतका कलाकारहरु रहेका छन ।
नवीन बोगटीको निर्देशन रहेको चलचित्रको छायांकन दीर्घ गुरुङले गरेका हुन भने सम्पादन प्रितम पाण्डेयले गरेका हुन ।
चलचित्रको लेखक आयुष बुढाथोकी र सरोज पौडेल हुन, यस चलचित्रको निर्माता जेसीआई सिनेटर खेमराज अधिकारी र रोजिता गुरुङ रहेका छन ।
लागु औषध बिरुद्वको अभियानको रुपमा यस चलचित्र लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रदर्शन गर्नका लागी नेपाल जेसीजले समन्वय गर्ने भएको छ । नेपाल जेसीजको देश भरी रहेका जेसीज १७४ साखाँहरुलाई लागुऔषध बिरुद्वको अभियानको रुपमा यस चलचित्र सरी मम लाई जोडेर लानको लागी संचार गर्नेछ ।