काठमाडौं । गायीका समिक्षा अधिकारीले साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत उनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदैं फेसबुक स्टाटस र भाषणमा मात्रै नभई व्यवहारमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन् । ‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे’ उनले लेखेकी छन्, ‘नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ,देखेँ ।’ उनले अगाडि लेखेकी छन्, – ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा…
Author: Dipak Dhamala
काठमाण्डाै – अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सुक्ष्म निगरानी गर्दा याे तथ्य फेला पारेको हो । पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्काेमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यस घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि त्याे पार्सल लिन आएका भारतको…
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई हराएकाे छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सङ्कटा क्लबलाई एक–शून्य गोलले हराएको हो । मनाङका लागि उज्वेकिस्तानका विङ्गर सेदजामोलले गाेल गरे । मनाङले दुई खेलमा चार अङ्क जोड्दा सङ्कटाले दुई खेलमा एक अङ्क जोडेको छ । आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई एक–शून्य गोलले हराएको छ । यस्तै अर्काे खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएकाे छ ।
धनगढी- कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार (हिजो) मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । डीएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो । आरोपी पक्राउ परेपछि आज उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डीएसपी चन्दले बताए…
काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे हाे । आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेकाे छ । यसअघि नेपाल १९ औँ स्थानमा थियाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लाे आठ खेलमध्ये सात खेल जितेकाे नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएकाे हाे । नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र…
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ । मतपत्रमा उम्मेदवारको नाम र फोटो…
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् । युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ । नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन,…
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको छ । सेवा उपलब्ध गराउन उनीहरू वडा कार्यालयमा स्थापना गरिने हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् । त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने आचार्यले बताउनुभयो । क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत…
काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–० को जित निकालेको छ ।सो जीतसँगै इङ्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरे मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो हाफको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए भने ५०औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पायो । बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले पेनाल्टीको जोडदार माग गरयो तर रेफ्रीले पेनाल्टी दिन आनाकानी गरिरहे तर चेल्सीले ह्यान्ड बल नै भएको अडान लिए पछि…