धनगढी: डोटीमा कार्यरत एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। डोटीमा ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवल्दार केशरसिंह धामीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार हिजो राति ८:३० बजेको समयमा धामी बेहोस भएका थिए।दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो।
तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जनाइएको छ। बिहान करिव २ बजेको समयमा उनलाई अस्पतालले मृत घोषित गरेको थियो।
अहिलेसम्म उनको मृत्युको यथेष्ट कारण नखुलेको र पोस्टमार्टम गरेपछि थप थाहा हुने प्रहरीको भनाई छ।
Facebook Comments Box