Author: Dipak Dhamala

भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् । बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो । भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटेलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुर्व्यवहार गरेका हुन् । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर…

Read More

काठमाडौँ – आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।  गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।  माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी छ ।

Read More

फूलवारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाब अनिश्चित बनेको छ। त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेका लागी तोकेको चुनाब आन्तरिक बिवादका कारण अनिश्चित बनेको हो। विद्यार्थी भर्ना लगाएतका विषयमा विद्यार्थी संगठनहरुले बिरोध जनाउंदा चुनाब अनिश्चितकालका लागि स्थगित गरिएको निमित्त क्याम्पस प्रमख रुद्र काफ्लेले बताए। क्याम्पसका निर्वाचन अधिकृत श्याम जोशीले १४३ जना विद्यार्थीको नाम समेट्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको बताए । क्याम्पसले सार्वजनिक गरेको मतदाता नामावलीमा समावेश गरिएका मध्ये २१ जना विद्यार्थीले क्याम्पसमा भर्ना शुल्क तिरेका थिएनन् । भर्ना शुल्क नतिरेका विद्यार्थिलाई समावेश गरि मतदाता नामावली सार्वजनिक गरेको भन्दै केही विद्यार्थि संगठनले विरोध गरेपछि सहमति जुटाउन नसक्दा क्याम्पसले चुनाब अनिश्चतकालका लागी…

Read More

बैतडी- बैतडीसहित सुदूरपहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन्। बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन्। यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै वडा नं ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्र गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ। पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए। विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन्। उनले भने, ‘अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्,…

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे खेल्दैछन् । सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । जावलाखेल ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स क्लब ३ खेलमा…

Read More

धनगढी – धनगढीमा लागुऔषध दुर्व्यसन विरुद्ध जुट्न पूर्व प्रहरीको सम्मेलन हुँदै छ। लागुऔषध विरुद्ध लड्ने रणनीति तय गर्न आज मङ्गलवार सुदूरपश्चिमका पूर्व प्रहरीको भेला धनगढीमा हुन लागेको पूर्व वरिष्ठ प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। पूर्व प्रहरी संघ सुदूरपश्चिम प्रदेशले आयोजना गर्ने सम्मेलनमा सुदूरपश्चिमका पूर्व प्रहरीको सहभागिता रहने जनाइएको छ। सम्मेलनका सहभागीलाई प्रशिक्षण दिन लागुऔषध दुर्व्यसन व्यवस्थापनको क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञ तथा नार्कोनान अमेरिकाका दक्षिण एसिया प्रमुख पूर्व वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कुँवर पनि धनगढी आइपुगेका जोशीले बताए।

Read More

काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको हो । अस्पतालका अनुसार ढकाल  २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते,  श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको…

Read More

काठमाडौँ ।  सङ्घीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ । निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताब खानाले जनाएको छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।   सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझ्न विवरणबारे जानकारी लिन खोजिएको स्रोतले बतायो । विवरण अद्यावधिक गर्न किताब खानाको…

Read More

अछाम – नेकपा एमाले निकट अनेरास्ववियु पञ्चदेवल क्याम्पस इकाई कमिटीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासन तथा निर्वाचन समितिले त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकालाई ठाडो उल्लङ्घन गरी फागुन २९ गते रातिसम्म विद्यार्थी भर्ना गरी त्रिविको निर्देशिका विपरीत काम गरेको भन्दै तालाबन्दी गरिएको क्याम्पस इकाई कमिटीका अध्यक्ष मनपुरा कुमारी शाही द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  स्वस्च्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र भयरहित रुपमा हुनुपर्ने निर्वाचनलाई सुनियोजित तरिकाले मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्य भएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अध्यक्ष शाहीको भनाई छ । साथै क्याम्पसमा सर्वसम्मत रुपमा स्ववियु गठन गर्ने दलीय सहमति भएको भन्दै अनेरास्ववियुले सहमति विपरीत निर्वाचन समितिले नामावली प्रकाशन…

Read More

कैलाली – कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो। पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका…

Read More