Author: Dipak Dhamala

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।” गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताउनुभयो । उहाँले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत प्रस्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको विकास, समृद्धि, राष्ट्रिय एकता…

Read More

काठमाडौं – राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्ति भएका छन् । आजका बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सदस्य नियुक्त गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनका अनुसार सुशील ज्ञवाली र डा. कुसेन्द्र महत याेजना आयाेगकाे सदस्यमा नियुक्त भएका छन् । ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने महत कर्णाली विकासका अभियन्ता हुन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।

Read More

काठमाडौं – भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन्।  सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए। घाइते उनलाई उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली हान्ने प्रहरी पक्राउ परेका छन्। उनी सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Read More

राम धामी,डडेल्धुरा – सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा.ताराप्रसाद जोशी पछिल्लो समय गृह जिल्ला डडेल्धुरामा विद्यमान कार्यप्रणाली र पद्दतीमा नीतिगत सुधार ल्याउन सुझाव संकलन गरिरहेका छन । स्वतन्त्र उम्मेदवार भएर डडेल्धुराको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद डा.जोशीले डडेल्धुरामा रहेका सबै सरकारी कार्यालय प्रमुखसँग छलफल अन्तरक्रिया गरेका छन । कार्यक्रममा सहभागी जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले आफ्नो कार्यालयले गरिरहेका काम, समस्या र चुनौतीका बारेमा सांसद डा. जोशीलाई जानकारी गराएका छन ।जिल्लामा कार्यरत सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले बजेट अभाव, कर्मचारी अभाव, प्रदेश सरकारसँग समन्वयको कमिलगायत समस्या रहेको बताएका छन । सुदूरपश्चिम प्रदेश सरकारको योजना तर्जुमा प्रकृयाविहीन रहेकाले योजना कार्यान्वयनमा कठिनाई उत्पन्न भएको प्रदेश सरकार…

Read More

धनगढी – प्रतिनिधि सभा सदस्य तथा टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी फरार प्रतिवादी रहेको खुलेको छ। संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी प्रहरीको फरार सूचीमा रहेको खुलेको हो। उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्धामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा बनेका हुन्। उनीसहित पर्शराम चौधरी र…

Read More

राम धामी,डडेल्धुरा – खेतमा लगाएको गहुँबाली नष्ट गरेर आलु खेती गरेका परशुराम नगरपालिका–६ कुडाका रनबहादुर धामीले एकै सिजनमा ५५ क्वीन्टल आलु उत्पादन गरेर बिक्री गरेका छन । गहुँ बालीकै भर परेको भए मुस्किलले तीन क्वीन्टल गहुँ उत्पादन हुने गरेको उनले बताए । गहुँ उत्पादन भन्दा आलु उत्पादनबाट नाफा हुने भएपछि हाल पुरै खेतमा दुबै सिजनमा आलु खेती गरिरहेको धामी बताउछन ।रनबहादुर मात्रै होइन, पछिल्लो समय डडेल्धुराका अधिकांस किसानहरु खाद्य बाली उत्पादन गर्न छोडेर आलु उत्पादनमा जुटेका छन । आलु उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सहयोग गर्न थालेपछि यँहाका कृषकहरु व्यवसायीक रुपमा आलुखेती तर्फ आकर्षित भएका हुन ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले…

Read More

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको एसपी…

Read More

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो । आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरिएको हो । जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४  गते, सुदूरपश्चिमको २६  गते र सुर्खेतको २८ गते हुनेछ । प्रदेश न१, मधेश प्रदेश र वागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकबारे छिट्टै निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।  

Read More

काठमाडाैं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि बस्न लागेको हो । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ । माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ । 

Read More