काठमाडौं – राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्ति भएका छन् । आजका बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सदस्य नियुक्त गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
उनका अनुसार सुशील ज्ञवाली र डा. कुसेन्द्र महत याेजना आयाेगकाे सदस्यमा नियुक्त भएका छन् । ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने महत कर्णाली विकासका अभियन्ता हुन् ।
Facebook Comments Box